Birgunj News24
भन्सार छलिका सामान वीरगञ्ज भन्सारमा बुझाइयो

सशस्त्र प्रहरी बल पर्साले वीरगञ्जका विभिन्न ठाउँबाट पक्राउ गरेका २३ लाख बन्दा बढीको भन्सार छलिका अबैध सामान आज वीरगञ्ज भन्सारमा बुझाएको छ ।

प्रहरी सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएका सशस्त्रको टोलीले हिजो वीरगञ्ज १६ भन्सारको मुख्यद्वारबाट २३ लाख ५१ हजार ९ सय ४८ रुपैया बराबरको भन्सार छलिका अबैध सामाग्री पक्राउ गरेको हो ।

अटो र मोटरसाईकलमा लोड गरेर भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्यादै गरेका सामान पक्राउ गरि भन्सार बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । वीरगञ्ज १६ शंकराचार्य गेट अगाडीबा ना २ ह ७७२५ नम्बरको अटो र म। प्र। ०३ ०२८ प ७२८६ नम्बरको मोटरसाईकलमा लोड गरि नेपाल भित्रयाइएका १९ लाख ३१ हजार ९ सय ४८ रुपैया बराबरको अबैध समान बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक बिष्णु हरी घिमिरे जानकारी दिए । घिमिरेका अनुसार किराना सामान, मोटरपार्टस, कम्प्युटर पार्टस, लत्ताकपडा, कस्मेटिक्स, अबैध औषधी लगायतका सामाग्र पक्राउ गरिएको छ ।

सामान सहित पक्राउ गरिएका अटोको भन्सार मुल्य ३ लाख र मो।सा। को भन्सार मुल्य १ लाख २० हजार मुल्याङ्कन गरि आवश्यक कारवाहिका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायब उपरिक्षक घिमिरे जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update