रौतहट । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगञ्जको आयोजनामा रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ४ मा रक्तदान तथा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ।
कटहरिया नगरपालिका वडा नम्बर ४ स्थित विवाहो परिसरमा सम्पन्न कार्यक्रममा १४२ जनाले रक्तदान गरेका छन् भने निःशुल्क स्वास्थ्य परीक्षणमा १८२ जनाले स्वास्थ्य लाभ लिएका थिए।
कार्यक्रम कटहरिया नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुमार कुशवाहाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका मेडिसिन विभागका डा। आलोक सिंह, बाल रोग विभागका डा। मनोज कुमार गुप्ता, तथा छाला रोग विभागकी डा। स्वाती शाहको सहभागिता रहेको थियो।
नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारीले आगामी दिनमा मधेस प्रदेशका हरेक जिल्ला र हरेक पालिकामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिने जानकारी गराए।
उक्त कार्यक्रमले स्थानीय बासिन्दाहरूमाझ उत्साह र स्वास्थ्यप्रति सचेतना बढाएको आयोजकहरूले बताएका छन्।