Birgunj News24
गढीमाई मेलालाई लक्षित गर्दै गढीमाई र कलैयाद्वारा सार्वजनिक बिदाको घोषणा

बाराको गढीमाई मेला प्रारम्भ भएसँगै विभिन्न पालिकाहरूले मेलालाई लक्षित गर्दै बिदा दिने निर्णय गरेका छन् । कलैया उपमहानगरपालिका, महागढीमाई नगरपालिका लगायतका स्थानीय तहले छुट्टाछुट्टै मिति तोकेर बिदा दिने घोषणा गरेका हुन् ।

कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु प्रसाद साहका अनुसार उपमहानगरपालिकाले बलिदानका दिन मङ्सिर २३ र २४ गते आइतबार र सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

यसै गरी, गढीमाई मेला स्थल अवस्थित महागढीमाई नगरपालिकाले मङ्सिर १६ गते सूचना जारी गर्दै मङ्सिर २१ देखि २६ गतेसम्म ६ दिन सार्वजनिक बिदा दिने जनाएको छ । यस अवधिमा नगरपालिकाका वडा कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था, वित्तीय संस्था र सङ्घसंस्थाहरू पूर्ण रूपमा बन्द रहनेछन् भने अत्यावश्यक सेवा भने सञ्चालनमा रहनेछन् ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ११:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update