
वीरगञ्ज । पर्सामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।आइतबार राति करिब साढे ९ बजे भारतीय नम्बर प्लेटको गाडीले ठक्कर दिँदा बहुदरमाई नगरपालिका–९ का ३५ वर्षीय जटाशंकर पटेलको घटनास्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।दुर्घटना वीरगञ्ज महानगरपालिका–१३ स्थित सरिसवापुल क्षेत्रमा भएको थियो । पर्सा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ९डिएसपी० किशोर लम्सालका अनुसार ड्राइपोर्टतर्फबाट आइरहेको दुई भारतीय गाडीमध्ये एउटा गाडीले मधेस प्रदेश २-०३-००४ प ५५१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।दुर्घटनापछि दुई वटा गाडीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।यस घटनाले क्षेत्रका सवारी सुरक्षाको अवस्थाबारे चासो बढाएको छ । प्रहरीले दुर्घटनाको कारण र जिम्मेवारी निर्धारणका लागि थप छानबिन जारी राखेको छ ।