Birgunj News24
करिब १ लाख ४८ हजार ९ सय रुपैया बराबरको विभिन्न प्रकारका मिठाईहरु सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा

बिरगंज । बिरगंज  महानगरपालिका वडा नम्बर १६ स्थित भन्सार मेनगेटको प्रस्तावित सीमा सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक सप्रसनि कुलदीप पाण्डेको कमाण्डमा खटिएको १० जनाको चेकपोइन्ट टोलीले अवैध रुपमा भन्सार छलि ल्याइएको मिठाई नियन्त्रणमा लिएको छ।

भारतबाट नेपालतर्फ भन्सार छलि ल्याइँदै गरेको करिब १ लाख ४८ हजार ९ सय रुपैयाँ बराबरको विभिन्न प्रकारका मिठाईहरू विभिन्न सवारी साधनमा लोड गरी ल्याइएको अवस्थामा प्रहरीले फेला पारेको हो।

बरामद गरिएका मिठाईहरूलाई आवश्यक कारबाहीका लागि बिरगंज  भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। सभार :- पर्सा पोस्ट 

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १८:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update