Birgunj News24
लायन्स क्लब अफ बीरगंज मिलेनियम द्वारा  कम्बल वितरण 

वीरगंज वडा नम्बर १८ भवानीपुर स्थित रामजान्की मठमा आज कम्बल बितरण गरिएको छ ।  लायन्स क्लब अफ बीरगंज मिलेनियमको सहयोगमा  कम्बल वितरण कार्यक्रम गरिएको हो । सो अवसरमा क्लबका भूत पुर्व जोन चेयरमैन लायन उद्योगपति बीरेंद्र संघई ,भूत पुर्व डिस्टिकट गवर्नर डी. एन.अग्रवाल, वीरेंद्र साह , अंकिता गुप्ता लगाएतकाहरुको  उपस्थिति रहेको थियोे। कार्यक्रममा १ हजार थान कम्बल बितरण गरिएको  राधेश्याम खेतानले जानकारी गराएका थिए। 
लायंस क्लब बीरगंज मिलेनियमका भूत पुर्व डिस्टिकट गवर्नर डी. एन.अग्रवालको अध्यक्षतामा सम्पन्न भएको थियो।

लायन्स क्लब अफ बीरगंज भूत पुर्व डिस्टिकट गवर्नर डी। एन।अग्रवालका अनुसार गरिब र विपन्न परिवारका सदस्यहरु एवं महिलाहरुलाइ सो कम्बल वितरण गरेको हो। । लायन्स क्लब अफ बीरगंज मिलेनियमले १००० थान कम्बल १ हजार जना घर परिवारको मान्छेहरु दिन दुखी गरिब असहायहरु लाई बितरण गरिएको लायन राधेश्याम खेतानले बताउनु भएको थियो। कार्यक्रममा बुद्धिजीवी, सज्जनवर्ग, गाउँका मानिस,समाजसेबि,सन्चारकर्मी लगाएतकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे।

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १८:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update