Birgunj News24
पत्रकार महासंघमा चौतारी र युनियनबीच भागबण्डा 

नेपाल पत्रकार महासंघको नेतृत्वमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालबीच भागबण्डा भएको छ । सहमति अनुसार चौतारीले अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजक सहित २२ सदस्यमा पाएको छ ।बाँकी पदाधिकारीहरूमा युनियनबाट उम्मेदवारी हुनेछ । प्रदेशको नेतृत्वमा पनि भागबण्डा भएको छ ।

चौतारीका उपाध्यक्ष राजेश राईका अनुसार कोशी, मधेश, कर्णाली र उपत्यकाको अध्यक्ष चौतारीले लिएको छ । बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसियट र प्रतिष्ठानको अध्यक्ष युनियनले लिएको छ ।
जिल्ला अध्यक्षहरुमा पनि भागबण्डा भएको छ । ४१ युनियन जिल्ला अध्यक्ष युनियन र ३६ जिल्ला अध्यक्ष चौतारीले लिएको छ । जिल्लाहरुको संख्या टुंगिएपनि कसले कुन जिल्ला लिने भन्ने टुंगिन बाँकी छ ।  २८ मंसिरमा हुने महाधिवेशनका लागि आज मनोनयन दर्ता हुँदैछ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update