
काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई राष्ट्रिय मानव अधिकार आयोगले बोलाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अमानवीय व्यवहार गरेको बारेमा सोधपुछ गर्न उनलाई बोलाइएको आयोगका सह प्रवक्ता श्यामबाबु काफ्लेले बताए । उनले भने-‘उहाँलाई आज छलफलका लागी बोलाइएको हो ।’ मङ्सिर २० मा मध्यराति १२ बजे प्रहरीले लामिछानेलाई चितवनबाट पोखरा लगेको थियो । लामिछानेलाई अमानविय व्यवहार गरेको भनेर सर्वत्र आलोचना भइरहेको छ । त्यसबारे छानबिन गर्न रास्वपाले मानवअधिकार आयोगमा उजुरी दिएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१ ११:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय