-1733817537.jpg)
सहकारी ठगी मुद्दामा बयानका लागि वीरगञ्ज लगिएका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान आजबाटै शुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय पर्सामा १० बजे उपस्थित गराएर बयान सुरु गरिएको छ ।
सोही मुद्दामा त्यहाँ लगिएका पूर्वडीआईजी छविलाल बन्जाडे जोशी र रामबहादुर खनालको बयान सोमबार नै सकिएको जिल्ला प्रहरी स्रोतले जनाएको छ । जोशी र खनाललाई आजै जहाजको सिमरा–काठमाडौं उडान हुँदै पोखरा पठाउने तयारी छ ।
जिल्ला सरकारी वकिलको कार्यालय स्रोतले जनाएअनुसार रविको बयान भोलिसम्म सकिन्छ । बयानपछि उनलाई पनि सिमराबाट काठमाडौं हुँदै पोखरा पठाउने तयारी छ ।वीरगञ्ज महानगरपालिका–६, आदर्शनगरमा सञ्चालित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट अवैध तवरले गोर्खा मिडिया नेटवर्क प्रालिमा ८ करोड ५८ लाख ४४ हजार रुपैयाँ प्रवाह गरिएको मुद्दामा उनीहरूमाथि अनुसन्धान भइरहेको हो ।
सानो पाइला सहकारीबाट गोर्खा मिडियाको नाममा ग्लोबल आइएमईमा सञ्चालित बैंक खातामा रकम प्रवाह गरिएको कुरा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले औँल्याएको थियो ।२०७८ वैशाखदेखि साउनसम्मको बैंकिङ कारोबारको विवरण ९स्टेटमेन्ट० ले रकमको अपचलन पुष्टि गरेको पर्साका प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलले बताए ।सहकारी पीडितको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गर्दा संस्थाकी उपाध्यक्ष तथा मिस नेपाल प्रतियोगिताकी पूर्वप्रतिस्पर्धी नेहा पौडेल आफैँ प्रहरीमा उपस्थित भएकी थिइन् ।सहकारीका कर्मचारी राधेचन्द्र यादव प्रहरीद्वारा पक्राउ गरिएका थिए । जिल्ला अदालतले पौडेललाई गत साउन २१ गते १ करोड १० लाख धरौटीमा रिहा गरेको थियो । यादव पनि ३५ लाख धरौटीमा रिहा भएका थिए ।