Birgunj News24
गढीमाई मेलाबाट फर्किदै गरेका दर्शनार्थी चढेको स्कार्पियो रौतहटमा दुर्घटना हुदाँ ८ जनाको मृत्यु 

गढीमाई मेलाबाट फर्किदै गरेका दर्शनार्थी चढेको स्कार्पियो रौतहटमा दुर्घटना हुदाँ ८ जनाको मृत्यु 
 रौतहटमा गएराति स्कर्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा भएको दुर्घटनामा बालबालिकासहित ५ जना घाइते छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

बाराको गढीमाई मेलामा सहभागी भएर सिराहा फर्कँदै गरेका दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो जिप राति सवा १ बजे अनियन्त्रित भइ रुखमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए।

जिप सडक छेउको रुखमा ठोक्किँएर तल खसेको थियो । प्रहरीले मृतकका आफन्त मार्फत दुर्घटनामा मृत्यु हुनेहरूको सनाखत गरेको छ।  दुर्घटनामा चालकको पनि मृत्यु भएको छ।

दुर्घटनामा परी सिराहा अर्नामा गाउँपालिका–३ बंठियाटोलका ६० वर्षीया लरुवती देवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगीं देवी महरा, ६२ वर्षीया फुलमन्ति देवी चमार, ६० वर्षीया रामकुमारी देवी महरा, ३० वर्षीया सकुन्तला देवी महरा र ४० वर्षीय स्कर्पिओ चालक श्रीकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्ष दिलिप घिमिरेले जानकारी दिए।  दुर्घटनामा परी घाइते भएका ५ जनाको उपचार भइरहेको छ।

गम्भीर घाइते एक जनाको बयोधा अस्पताल वीरगञ्ज र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक घिमिरेले बताए।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update