Birgunj News24
वीरगन्ज युवा समाज द्वारा निशुल्क आँखा तथा स्त्रीरोग चेकजाँच शिविर सम्पन्न , २५० जना लाभान्वित ।

२९ मंसिर वीरगन्ज । वीरगन्ज युवा समाज द्वारा वीरगन्ज -५ मा अवस्थित स्टार युरो किडस स्कुलमा शनिवार निशुल्क आँखा तथा स्त्रीरोग चेकजाँच शिविर को आयोजना सुसम्पन्न गरेको छ । सो शिविरमा आखाका १५० र स्त्रीरोगका १०७ गरि जम्मा १५७ जनाको चेकजाँच गरिएको समाजका अध्यक्ष सन्जिव कृष्ण थापाले बताउनु को साथै सो मध्ये १५ जना मोतियाबिन्दु का रोगी रहेको साथै अँखाका सामान्य अलर्जी भएकोहरुलाइ औषधि दियेर पठाइएको तथा स्त्रीरोग सम्बन्धमा आवश्यक चेकजाँच गरि केही जटिल समस्या भएकालाइ औषधि र पुन:श्रीराम अस्पतालमा बोलाइएको र सो क्रममा फिस नलागने र अन्य चेकजाँचमा छुट प्रदान गर्ने बताउनु भयो ।
 वीरगन्ज युवा समाजका अध्यक्ष सन्जीव थापाको अध्यक्षता एवं वीरगन्ज वडा -५ का वडाअध्यक्ष प्रदिप कुमार चौरसियाको प्रमुख आतिथ्यमा तथा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईं , श्रीराम अस्पतालका  स्त्रीरोग विशेषज्ञ दिप्ती यादव, डा. प्रीती यादव,किरण आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ आन्द्रीका यादव ,मुस्कान गुप्ता,मानवसेवा आश्रमका मधेश प्रदेश सन्योजक दिवेश मानवसेवा  र ओम कुमार झा, वीरगन्ज कपडा बैंकका अध्यक्ष सन्चारकर्मी लालबाबु सिंह ,वडा ५ का सदस्यहरु सन्जु दहाल,मन्जु परियार र रुस्तम अलि , नेपाल फुटबल संघ पर्साका अध्यक्ष रोशन गुप्ता ,लायन्स क्लब एरिया ३ का डिष्ट्रीक संयोजक श्याम गुप्ता, समाजसेवी राजेन्द्र भट्टराई ,सन्चारकर्मी अभिलाष गुप्ता र आकाश पटेल लगायत समाजका पदाधिकारी सदस्यहरु एवं स्थानिय अग्रज , महिला , युवाहरुको बाक्लो सहभागिता रहेको थियो ।
 सो अवसरमा सहयोगी श्रीराम अस्पताल र किरण आँखा अस्पताल र स्टार युरो किडस स्कुल परिवार तथा वीरगन्ज युवा समाजका सदस्य सुबोध गुप्ता दोस्रो वीरगन्ज गोल्डकप २०८१ को अध्यक्षमा चयन भएकोमा फुलमाला दोसल्ला ओढाएर सम्मान गरिएको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक वीरगन्ज युवा समाजका उपाध्यक्ष एवं स्टार युरो किडस स्कुलका संचालक सानू राणाले गरेका थिए भने शुभारम्भ कार्यक्रमको सहजीकरण समाजका सदस्य बिनोद र समापन समारोहको सहजीकरण सल्लाहकार एवं शिक्षाविद् मार्टिन मोक्तानले गरेका थिए ।

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १९:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update