Birgunj News24
भन्सार कर्मचारीसहित ३४ जनाविरुद्ध राजस्व चुहावट मुद्दा 

काठमाडौँ  राजस्व चुहावट गराएको आरोपमा जनकपुर छोटी भन्सारका चार जना कर्मचारीसहित ३४ जनाविरुद्ध उच्च अदालत जनकपुरको अस्थायी इजालस वीरगन्जमा मुद्दा दायर गरिएको छ । राजस्व अनुसन्धान विभागकी प्रवक्ता एवं उपमहानिर्देशक कृष्ण कुमारी श्रेष्ठकी अनुसार उनीहरूबाट बिगो तथा जरिवानाबाट १० करोड ७२ लाख असुल उपर गरी जेल सजायसमेतको माग गरिएको छ ।
विभागले पथलैया राजस्व कार्यालयमार्फत दुई भारतीय नागरिक, कर्मचारी र व्यापारीविरुद्ध मुद्दा दायर गरेको हो ।
राजस्व अनुसन्धान कार्यालय पथलैयाले जनकपुर भन्सार अन्तर्गतको लग्मा जटही छोटी भन्सारबाट छुटेको ट्रकको सामान भौतिक परीक्षण गर्दा राजस्व चुहावट भएको फेला परेको थियो । उक्त ट्रक गत असोजमा पथलैया प्रहरीले नियन्त्रणमा लिएर राजस्व कार्यालय बुझाएको थियो ।
राजस्वले करिव तीन महिनाको अनुसन्धान पछि बुधबार मुद्दा दायर गरेको जानकारी विभागले दिएको छ । उक्त भन्सारबाट जाँच पास भएका भारतीय नम्बरका दुई वटा ट्रकमा भन्सार नतिरी आयात गरेको कुर्ता सलवारसहितका कपडा भेटिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update