Birgunj News24
वीरगञ्ज कलेजका कक्षा ११ का विद्यार्थीहरूलाई अभिमुखिकरण

वीरगञ्ज कलेजले कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूका लागि एक दिने तालिम तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कलेजका अध्यक्ष डा। दिपेन्द्र कुमार चौघरीको अध्यक्षतामा तालिम तथा अभिमुखिकरण सम्पन्न भएको हो । 

कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले विद्यार्थीहरूलाई सम्बोधन गर्दै शिक्षा जीवनको महत्त्वपूर्ण आधार भएको र यसको माध्यमबाट मात्र व्यक्तित्व विकास तथा राष्ट्र निर्माणमा योगदान गर्न सकिने बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा। सुबोध कुमार गुप्ता, वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, वीरगञ्ज कलेजका संचालक तथा प्रमुख बिनोद कुमार गुप्ता, संचालक तथा प्रशासन प्रमुख सुरेश प्रसाद चौधरी, एपेक्स म्यानेजमेन्ट कलेजका एकेडमिक डाइरेक्टर दर्शन के।सी, प्याब्सन पर्साका बरिष्ठ उपाध्यक्ष सरोज चौधरी, प्याब्सन वीरगञ्जका निवर्तमान अध्यक्ष आलोक चौरसिया, प्रेस सेन्टरका केन्द्रिय सदस्य निरज पिठाकोटे मगर लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १८:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update