Birgunj News24
ओविसी पर्साको बैठक सम्पन्न, पुस २७ गते अधिवेशन गर्ने निर्णय

नेकपा एमाले निकट अखिल नेपाल पिछडा वर्ग (ओविसी) महासंघ पर्साको जिल्ला बैठक आज पोखरीयामा सम्पन्न भएको छ। ओविसीका केन्द्रिय अध्यक्ष तेजप्रकाश निषादको प्रमुख आतिथ्यमा सम्पन्न  बैठकले ओविसीको जिल्ला भेला तथा पालिकाको अधिवेशन गर्ने निर्णय गरेको ओविसीका केन्द्रिय उपाध्यक्ष अकलेश साहले जानकारी दिए । बैठकले पार्टी कार्यालय पर्साको सभाहलमा यहि २७ गते जिल्ला अधिवेशन गर्ने सर्वसहमतिले निर्णय गरेको छ । यसैगरी बैठकले बाकि रहेको पालिको अधिवेशन चाडै गर्ने र अधिवेशन भईसकेका पालिकाको बैठक पुस मसान्त भित्र गर्ने निर्णय भएको उपाध्यक्ष साहले जानकारी दिए । यसैगरी बैठकले ओविसीलाई थप सशक्त बनाउन संगठन बिस्तार तथा सदस्यता बितरणलाई निरन्तरता दिने पनि निर्णय गरेको छ । बैठकमा सांसद एवं पर्सा ईन्र्चाज प्रभु हजरा, सांसद निर्मला देवकोटा, नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्मा,उपाध्यक्ष मनोज गुप्ता ,सचिव महेश दास, एमालेका नेता जालिम मियाँ, लगायतकाले धारणा राखेका थिए । बैठक ओविसी पर्सा जिल्ला उपाध्यक्ष दयानन्द गुप्ताको अध्यक्षता सम्पन्न भएको थियो।  बैठकमा पारस महतो, गोरख साह, संतोष पटेल,पन्नालाल राउत कुर्मी लगायतको उपस्थिती थियो । 
मा

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १८:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update