Birgunj News24
महोत्तरीमा डाँका समूहद्वारा एक जनाको हत्या गरी लुटपाट

महोत्तरीमा डाँका समूहले एकजनाको हत्या गरेको छ । महोत्तरीको मनरा शिसवा नगरपालिका(४ साढाका ७० वर्षीय सुशील झाको हत्या गरेको हो ।
आज बिहान ४ बजेको समयमा आएका ७र८ जनाको सङ्ख्यामा आएको लुटेरा समूहले झाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले बताए ।
डाँकाले घरमा रहेको मङ्गलसूत्र र औंठी र नगद ८० हजार लुटेर लगेको डिएसपी जयसवारले बताए ।
हत्या गरिएका व्यक्ति पूर्वगाविस सचिव हुन् । घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १८:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update