Birgunj News24
बिरगंजका समस्त ल्याबमा कार्यरत स्वास्थ्यकर्मीहरु द्वारा पर्साका प्रजिअ गणेश अर्याल लाई ज्ञापन पत्र

बिरगंजका समस्त ल्याबमा कार्यरत स्वास्थ्यकर्मीहरु द्वारा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल लाई ज्ञापन पत्र बुझाईएको छ। सो ज्ञापन पत्रमा मेडिकल कलेज र स्वास्थ्य संस्थाहरुवाट नर्सिंग तथा अन्य स्वास्थ्यकर्मीहरुको पारिश्रमिक लगायतका सुविधामा अन्याय भएकोले सो को समाधान‌का लागी नेपाल सरकारको सचिव स्तरिय बैठकको मिति २०८१ साल मंसिर २७ गतेको निर्णय अनुसार गर्न गराउन भनी सम्पुर्ण मेडिकल कलेज तथा निजी स्वास्थ्य संस्थाहरुलाई पत्राचार भएको कुरा यहाँलाई अवगत नै छ भनी उल्लेख गरिएको छ।

यसरी नेपाल सरकारले दिएको निर्देशन समेतको अवज्ञा गर्दै विभिन्न निजी स्वास्थ्य संस्थाहरुले सो निर्देशनको पालना नगरेकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सो पत्रको कार्यान्वयको लागि हामी मेडिकल ल्याबका स्वास्थ्यकर्मीहरु
 आन्दोलन गर्न बाध्य हुने अवस्थाको सृजना भईरहेकोले सो हाम्रो मागहरु पुरा गर्न कार्यमा यहाँको आवश्यक निर्देशन सहित आवश्यक सहयोगको लागी पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल लाई अनुरोध समेत गरिएको एवम्  स्वास्थ्य मन्त्रालयको पत्रको फोटोकपी लगाएतकाहरु ल्याबमा कार्यरत स्वास्थ्यकर्मीहरुको टोलि द्वारा पर्साका प्रजिअ गणेश अर्याल लाई बुझाईएको थियोे।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update