Birgunj News24
रास्वपा पर्साको जिल्ला भेला सम्पन्न, हरि पन्तको नेतृत्वमा  निर्बिरोध कमिटी चयन

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा पर्साको पहिलो जिल्ला भेला आज स्थानीय क्लासिक ब्यान्क्वेटको सभाहलमा सम्पन्न भएको छ। भेलाले हरि पन्तलाई सभापतिमा निर्बिरोध निर्वाचित गर्दै आठ सदस्यीय जिल्ला समिति समेत गठन गरेको छ।

केन्द्रीय उपसभापति डा। स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा निर्वाचित समितिका सदस्यहरूले उपसभापति वाग्लेद्वारा सपथ ग्रहण गरे। वाग्लेले निर्वाचित टोलीलाई शुभकामना दिँदै समितिको सफल कार्यकालको कामना गरे।

निर्वाचित समितिमा उपसभापतिमा तुल्सा पौडेल, सचिवमा सुदीश प्रजापति, सहसचिवमा कृष्ण पासवान, र सदस्यहरूमा दिलिप कुर्मी, पूर्ण सापकोटा, सुरेश यादव र प्रियांका पटेल चयन भएका छन्।सभापति पन्त यसअघि रास्वपा मधेस प्रदेशद्वारा पर्साको जिल्ला संयोजकका रूपमा चयन भएका थिए। अहिलेको भेलाले उनलाई सभापतिमा चयन गर्दै नेतृत्वलाई थप सुदृढ गरेको छ।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update