Birgunj News24
समाजवादी विद्यार्थी युनियन नेपाल पर्सा र समाजवादी युवा संघ नेपाल पर्सा जिल्ला समितिबाट ज्ञापनपत्र बुझाइयो । 

समाजवादी विद्यार्थी युनियन नेपाल पर्सा र समाजवादी युवा संघ नेपाल पर्सा जिल्ला समितिबाट ज्ञापनपत्र बुझाइयो । 

नेपाल प्रिमियर लिग (NPL) मा जनकपुर बोल्ट्स को ऐतिहासिक जीतपछि काठमाडौँमा मधेशी समुदायमाथि भएको दुर्व्यवहारको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै समाजवादी विद्यार्थी युनियन नेपाल पर्सा र समाजवादी युवा संघ नेपाल पर्सा जिल्ला समितिले जिल्ला प्रशासन कार्यालय, पर्सा मार्फत गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्रमार्फत निम्न मागहरू गरिएको छ:  
१. मधेशी समुदायमाथि भएको दुर्व्यवहारको गहिरो छानबिन गरी दोषीहरूमाथि तत्काल कानुनी कारबाही गरियोस्।  
२. यस्ता घटनाहरू पुनः नदोहोरियोस् भन्ने सुनिश्चित गर्न ठोस नीति अपनाइयोस्।  
३. पीडितहरूको उचित सुरक्षा र न्यायको ग्यारेन्टी गरियोस्।खेलकुदलाई जातीय विभेदको माध्यम बनाइनु अत्यन्त निन्दनीय भएको भन्दै यस्तो घटनाले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई गम्भीर असर पुर्‍याउने चेतावनीसमेत दिएका छौं।  
समाजवादी विद्यार्थी युनियन र युवा संघले यस्ता घटनाविरुद्ध सशक्त रूपमा आवाज उठाउँदै कानुनी कारबाही सुनिश्चित नभएसम्म निरन्तर संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।  

#समाजवादीविद्यार्थी #जनकपुरबोल्ट्स #राष्ट्रियएकता #मधेशीअधिकार

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update