
भारतको जम्मु कश्मीरमा सेनाको भ्यान दुर्घटना हुँदा ५ सैनिकको मृत्यु भएको छ । जम्मू कश्मीरको पुन्चमा १८ सैनिक बोकेको सेनाको भ्यान ३५० फिट गहिरो खाडलमा खसेको थियो ।
जसमा सवार ५ सैनिकको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । मराठा रेजिमेन्टका ति सैनिकहरू हिजो साँझ नियन्त्रण रेखा ९एलओसी० तर्फ गइरहेका थिए ।
बलनोई क्षेत्रको घोडा पोष्ट नजिक चालकले नियन्त्रण गुमाउँदा भ्यान दुर्घटना भएको हो । घटनास्थलबाट १३० मिटर मात्र टाढा सेनाको पोष्ट थियो ।
यसअघि पनि केही दिन अघि सेनाको भ्यान दुर्घटना हुँदा पाँच सैनिकको मृत्यु भएको थियो ।
प्रकाशित मिति: बुधबार, पुस १०, २०८१ १४:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय