Birgunj News24
बाराबाट ४३ केजी गाँजासहित,  भारतीय कार प्रहरीको फन्दामा

बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाबाट इलाका प्रहरी कार्यालय सिम्रौनगढले मंगलबार साँझ एउटा भारतीय कारसहित ठुलो परिमाणको लागुऔषध गाँजा नियन्त्रणमा लिएको छ । 
प्रहरी चौकी अमृतगन्जका प्रहरी सहायक निरीक्षक मनोज यादवको कमाण्डमा सादा पोसाकमा खटिएको गस्ती टोलीले ४३ केजी गाँजासहित एउटा भारतीय नम्बर प्लेटको कार प्रहरीले हिजो बेलुकी ८ बजे नियन्त्रणमा लिएको हो । 

जिल्लाको सुवर्ण गाउँपालिकाको तेलकुवाबाट सिम्रौनगढतर्फ आउँदै गरेको बिआरओ  जिरो वन ए यू  ११०७  नम्बरको कार चेक जाँच गर्ने क्रममा प्रहरीले सो कारभित्र प्लास्टिकले बेरेर पाँचवटा प्याकेटमा राखिएको अवस्थामा ४३ किलोग्राम लागुऔषध गाँजा फेला पारेको इलाका प्रहरी कार्यालय सिम्रौनगढकाले जानकारी दिए । 

प्रहरीलाई देखेपछि कारचालक भने फरार बनेको प्रहरीले जनाएको छ । बरामद गाँजा इलाका प्रहरी कार्यालय सिम्रौनगढमा राखेर फरार कारचालकको खोतलास भइरहेको प्रहरीले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १५:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update