Birgunj News24
कन्सर्टका लागि काठमाडौं आइपुगे भारतका चर्चित गायक गायक सोनु निगम 

भारतका चर्चित गायक सोनु निगम काठमाडौं आइपुगेका छन् । क्रिसमसका अवसरमा हायात मैदानमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ मा सहभागी हुन गायक निगम बुधबार दिउँसो काठमाडौं आइपुगेका हुन् । गायक निगमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ढाका टोपी लगाइदिएर स्वागत गरिएको थियो । गायक निगमले नेपालमा पहिलोपटक प्रस्तुति दिन लागेका हुन् । 

गायक निगमले कन्सर्टमा तीन घण्टाको सांगीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ । कन्सर्ट साँझ ६ बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १६:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update