Birgunj News24
काठमाडौंबाट ९२ लाखसहित तीन जना पक्राउ

प्रहरीले काठमाडौंबाट ९२ लाख नगदसहित तीन जनालाई पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालय टेकुको ‍टोलीले ९२ लाख रकमसहित तीन जनालाई पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार अहिले पक्राउ परेकालाई नियन्त्रणमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

उनीहरू काठमाडौंको बौद्ध जोरपाटी क्षेत्रबाट पक्राउ परेका हुन् । उक्त पैसा लिएर उनीहरू कहाँ जाँदै थिए भन्ने खुलेको छैन ।

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update