तीनजनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।
प्रहरीको हत्यामा संलग्न अन्य दुइजना पनि बारा जिल्लाको इनर्वा सिराको रहेको प्रहरीले जानकारी दिएको छ । यद्यपी, बाँकी दुइजनाको नाम भने अनुसन्धान जारी नै रहेकोले प्रहरी अझ गोप्य राखेको छ । गएको शनिबार अगाडि बारामा सानो हतिायरले प्रहरी भान्से रुम्बालाई गोली हानी हत्या गरिएको थियो ।
जिल्लाको सिमरा उपमहानगरपालिकाको वडा नम्बर–११ स्थितको सडकखण्डबाटको उनको शव बागमती नम्बरको कारबाट बेवारिसे अवस्थामा फेला परेको थियो । बागमती प्रदेशको ०१–०२८–च– ७६१६ नम्बरको गाडी लिएर कलैया जानका लागि निस्केका थिए, तर त्यसको भोलीपल्ट मृत भेटिएका हुन ।
इलाका प्रहरी कार्यालय सिमरामा दरबन्दी भएका प्रहरी भान्से रुम्बा हाल सिमरा एयरपोर्टको सुरक्षा गार्डमा कार्यरत थिए ।
साभार :- मधेश खबर
प्रकाशित मिति: शनिबार, पुस १३, २०८१ २०:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय