
वीरगञ्ज – पर्सा प्रहरीमा कुमोध ढुङ्गेल आएदेखि ५६ करोड मूल्य बराबरको सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोध ढुङ्गेलले प्रहरीको सक्रियताकै कारणले अघिल्लो आवको तुलनामा पर्सा प्रहरीले गत आर्थिक वर्षमा बिलबीजक नभएका करिब रु साढे ५६ करोड मूल्य बराबरको सामान बरामद गरेको छ।
पर्सा प्रहरीका अनुसार आव २०८०र८१मा अवैध चोरी–तस्करी गरेर तथा बिलबीजक नभएका गरी कूल रु ५६ करोड ४५ लाख ६४ हजार ६ सय ४६ मूल्य पर्ने सामान वीरगञ्ज भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाएको थियो । त्यस्तै, आव २०७८र७९ मा भने रु २३ करोड ९४ लाख ४६ हजार आठ सय २५ मूल्य पर्ने सामान बरामद गरेको थियो । हुन्डी कारोबारमा संलग्नबाट ६१ लाख बरामद पर्सा प्रहरीले गत आर्थिक वर्षमा हुन्डी कारोबारमा संलग्न १७ जना कारोबारीबाट रु ६१ लाख २४ हजार सात सय जफत गरेको छ । प्रहरीले भन्सार छली तथा चोरी(पैठारी र बिलबीजकभन्दा धेरै सामान ल्याउनेमाथि निगरानी बढाएकै कारणले बरामद हुने समान बढेको हो, उनले भने, “चोरी(तस्करी गरेर भित्र्याएको सामानलाई पक्राउ गरेर वीरगञ्ज भन्सार कार्यालयलाई बुझाउँदै आइरहेका छौँ एसपी ढुङ्गेल बताउनु हुन्छ । बिलबीजक अनुसार नभएको सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउँदै आइरहेको छ।
पर्साका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले अघिल्लो आवभन्दा गत आवमा हुन्डी कारोबारमा पक्राउ पर्ने सङ्ख्यामा कमी आएको बताए । पर्सा प्रहरीले आव २०७९/८० मा हुन्डी कारोबारमा संलग्न रहेको भन्दै १७ जनाबाट रु एक करोड ९३ लाख ६६ हजार तीन सय रकम बरामद गरेको थियो । त्यस्तै, आव २०७९/८० मा हुन्डी कारोबारमा संलग्न १४ जनाबाट रु एक करोड ६५ लाख १३ हजार ६ सय २० सहित पक्राउ गरेको थियो ।
पर्साका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले अघिल्लो आवभन्दा गत आवमा हुन्डी कारोबारमा पक्राउ पर्ने सङ्ख्यामा कमी आएको बताए । पर्सा प्रहरीले आव २०७९/८० मा हुन्डी कारोबारमा संलग्न रहेको भन्दै १७ जनाबाट रु एक करोड ९३ लाख ६६ हजार तीन सय रकम बरामद गरेको थियो । त्यस्तै, आव २०८०र८१मा हुन्डी कारोबारमा संलग्न १४ जनाबाट रु एक करोड ६५ लाख १३ हजार ६ सय २० सहित पक्राउ गरेको थियो । पर्सा जिल्लामा एक सय सात किलोमिटर क्षेत्रफल भारतसँग सीमा जोडिएको छ । सभार:- ए टु जेड सामाचार डट कम