
बाराको श्री गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिको १० औँ साधारणसभा सम्पन भएको छ । महागढिमाई नगरपालिका वडा नम्बर १ बरियारपुरमा रहेको समितीको अध्यक्ष रामचन्द्र साह को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवको रहेको थियो ।
साधारणसभामा समितोको कोषाध्यक्ष महेश जयसवालले आ.व.०८० ÷०८१को लागी आय व्यय सभा समक्ष प्रस्तुत गर्नुभएको थियो । महाझीमाई नगर पालिका वडा न २ को वडाअध्यक्ष बिश्वनाथ प्रसाद कुशवाहा लगायत स्थानिय समितीको आजिवन सदस्यहहरु मंदिर संञ्लान तथा बिकास समितीको सबै पदधिकारी तथा स्थानिय अधिकाश वक्ताहरुले मन्दिरको बिकास निर्माण बारेमा आफ्नो आफ्नो शुभकामना मन्तव्य सभा समक्ष राख्नु भएको थियो ।
सभार :- चोईस खबर
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१ २१:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय