
अबैध ला.औ.गाँजा १११ किलोग्राम सहित १ जना पक्राउ ।
मिति २०८१।१०।०१ गते, बिहान ०६:५० बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हे.उ.म.न.पा.वडा नं. १५ राटोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा सवारी साधनहरु रोकी चेकजांच गर्ने क्रममा हेटौडातर्फबाट निजगढतर्फ जादै गरेको बा ७ च २५१० नं. को पिकअप गाडी र सो गाडीका चालक जिल्ला मकवानपुर कैलाश गा.पा.वडा नं. २ डाँडाखर्क बस्ने बर्ष ३४ को रावल स्याङ्वोलाई शंका लागी उक्त पिकअफ गाडी समेतको रितपुर्वक खानतलासी गर्दा गाडीको पछाडीको ढाला भित्र खाली क्रेटहरुले छोपी लुकाई छिपाई गरी ल्याईएको अवस्थामा अबैध लागु औषध गाँजा १११ किलोग्राम फेला परेको हुंदा उक्त ला.औ.गाँजा र पिकअप गाडीलाई बरामद गरी निज रावल स्याङ्वोलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको । डि.एस.पि श्यमु अर्यल ले बताए ||