Birgunj News24
७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा वीरगंज भन्सार कार्यालयद्वारा प्रभात फेरी आयोजना

वीरगंज, ७  माघ 
"भन्सार प्रशासनको प्रतिबद्धता दक्षता, सुरक्षा र समृद्धितर्फ" भन्ने नाराका साथ ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवस वीरगंज भन्सार कार्यालयले प्रभात फेरी आयोजना गरेर मनाएको छ।

नेपाल सरकार अर्थ मन्त्रालय, भन्सार विभाग अन्तर्गत वीरगंज भन्सार कार्यालयले बिहान प्रभात फेरीको आयोजना गर्दै भन्सार प्रशासनको भूमिकालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रममा भन्सारका उच्च अधिकारी, कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

विश्व भन्सार सङ्गठन (WCO) को पहलमा प्रत्येक वर्ष जनवरी २६ मा मनाइने अन्तर्राष्ट्रिय भन्सार दिवस विश्वभरका भन्सार निकायहरूले विविध कार्यक्रमसहित मनाउँदै आइरहेका छन्। नेपालमा समेत प्रमुख भन्सार कार्यालयहरूले प्रभात फेरी, खेलकुद प्रतियोगिता, गोष्ठी तथा अन्य कार्यक्रमको आयोजना गरी दिवस विशेष बनाउँदै आएका छन्।

कार्यक्रमको उद्देश्य भन्सार प्रशासनलाई थप पारदर्शी, प्रविधिमैत्री र प्रभावकारी बनाउनुका साथै सुरक्षा र व्यापार सहजीकरणमा योगदान पुर्‍याउनु रहेको वीरगंज भन्सार कार्यालयले जनाएको छ।

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  ०८:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update