Birgunj News24
राष्ट्रपतिद्वारा माघ १८ गते संसद् अधिवेशन आह्वान

काठमाण्डु , ८ माघ 
राष्ट्रपति रामचन्द्र पौडेलले माघ १८ गते शुक्रबारका लागि संघीय संसद्का दुवै सदनका अधिवेशन आह्वान गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा दुवै सदनका अधिवेशन बोलाएका हुन् ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को माघ ७ गतेको सिफारिसअनुसार माघ १८ गते शुक्रबार दिउँसो १ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा दुवै सदनको अधिवेशन बस्ने गरी आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update