Birgunj News24
वीरगञ्जमा पहिलो पटक अन्तरविद्यालय बाल फुटबल प्रतियोगिता सुरु

वीरगञ्ज, माघ १० गते 
वीरगञ्जमा पहिलो पटक अन्तरविद्यालय बाल फुटबल प्रतियोगिता सुरु भएको छ। वीरगञ्जस्थित गौतम स्कुलले आफ्नो ४८ औँ वार्षिकोत्सवको अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साको खेलमैदानमा प्रतियोगिताको आयोजना गरेको हो।

प्रतियोगिताको उद्घाटन जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले गरेका थिए। उनले दीप प्रज्वलन गर्दै पेनाल्टी सुटआउटमार्फत प्रतियोगिताको औपचारिक सुरुवात गरेका थिए। गौतम माध्यमिक विद्यालयका सहप्रधानाध्यापक परीक्षा पिया लामाको अध्यक्षतामा उद्घाटन समारोह सम्पन्न भएको थियो।
प्रतियोगिताको उद्घाटन समारोहमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सहभागीमध्ये प्रमुख व्यक्तित्वहरू निम्नानुसार थिए गौतम स्कुलका प्रबन्ध निर्देशक सोनाम लामा, पर्सा क्रिकेट संघका अध्यक्ष ई. मनिष सिंह, युवा नेता सुधिर पटेल, मानव सेवा आश्रमका केन्द्रिय सदस्य देवेश गुप्ता, अलाईड युथ सोसाइटीका अध्यक्ष ओम झा लगाएतको उपस्थिति रहेको थियो।
प्रतियोगिताको उद्देश्य विद्यालयस्तरका खेलाडीहरूलाई फुटबल खेलप्रति अभिप्रेरित गर्नु, उनीहरूको प्रतिभा पहिचान गर्दै खेलकुदको माध्यमबाट अनुशासन, आत्मविश्वास र टीम भावना विकास गर्नु रहेको गौतम स्कुलका प्रबन्ध निर्देशक सोनाम लामाले बताए।
विद्यालयले आगामी वर्षहरूमा प्रतियोगितालाई अझ भव्य र व्यवस्थित बनाउने योजना बनाएको छ। विद्यालयस्तरबाटै खेलकुदलाई प्रवर्द्धन गर्न सकेमा जिल्लामा फुटबलको विकासमा टेवा पुग्ने आयोजकहरूले विश्वास व्यक्त गरेका छन्।
यो प्रतियोगिताले वीरगञ्ज क्षेत्रका विद्यालयस्तरीय खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १९:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update