
पर्सा, १२ माघ
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमार ढुङ्गेलको सरूवा भएको छ। उनलाई नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखा, नक्साल काठमाडौंमा सरूवा गरिएको हो।
ढुङ्गेलको स्थानमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट गौतम मिश्र पर्सामा आउँदै छन्। नेपाल प्रहरी प्रधान कार्यालयले एसपी ढुङ्गेलसहित १७ जना प्रहरी उपरीक्षकको सरूवा तथा काज सरूवा गरेको हो।
प्रहरी संगठनभित्रको नियमित सरूवा अन्तर्गत ढुङ्गेललाई राजधानी तानिएको हो भने मिश्रलाई पर्सा पठाइएको छ। सुरक्षाका चुनौती र प्राथमिकतालाई ध्यानमा राख्दै गरिएको यो सरूवा प्रभावकारी हुने प्रहरी स्रोतले जनाएको छ।
प्रकाशित मिति: शनिबार, माघ १२, २०८१ ०६:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय