Birgunj News24
७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा वीरगंज भन्सार कार्यालयद्वारा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

वीरगंज, १२ माघ 
 "भन्सार प्रशासनको प्रतिबद्धता: दक्षता, सुरक्षा र समृद्धितर्फ" भन्ने नाराका साथ ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवस वीरगंज भन्सार कार्यालयले विविध कार्यक्रमसहित मनाइरहेको छ। सोही अवसरमा आज ब्याडमिन्टन प्रतियोगिता-२०८१ को आयोजना गरिएको थियो।
प्रतियोगिताको उद्घाटन भन्सार प्रमुख दिपक लामिछानेले गर्नुभएको थियो। उद्घाटन समारोहमा भन्सार प्रमुख अधिकृत राम प्रसाद पाठक, भन्सार अधिकृत राजेन्द्र प्रसाद ढुंगाना, अधिकृत पुष्कर पोखरेल लगायतको उपस्थिति रहेको थियो।
प्रतियोगितामा नेपाल प्रहरी, पर्सा र वीरगंज भन्सार एजेन्ट संघबीच रोचक प्रतिस्पर्धा भयो। खेलमा नेपाल प्रहरीका लोकराज भट्ट र तोपबहादुर ढेङ्गाले भन्सार एजेन्ट संघका कौशिक राज गिरी र रवी पटेललाई पराजित गर्दै प्रथम स्थान हासिल गरे।
भन्सार कार्यालयले अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आगामी दिनमा पनि विविध कार्यक्रम आयोजना गर्ने जनाएको छ।

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १४:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update