
वीरगंज, १२ माघ
राष्ट्रिय वैश्य महासंघ नेपाल, पर्साको प्रथम नव निर्वाचित जिल्ला कार्यसमितिले शपथ ग्रहण तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। वीरगंजको कल्वार कल्याण समिति, आदर्शनगरस्थित सभाहलमा शनिबार आयोजित कार्यक्रममा विभिन्न वैश्य समाजका अगुवा व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वैश्य समाजका विभिन्न अगुवा व्यक्तित्वहरू सहभागी भएका थिए। डा. प्रमोद कुमार सर्राफ , शम्भु गुप्ता , राजेश्वर साह तेली , शिवजी कलवार , दिनानाथ रौनियार , जवाहिर प्रसाद गुप्ता ।
उक्त कार्यक्रमका बीच पर्सा जिल्लाका नव निर्वाचित कार्यसमिति सदस्यहरूले शपथ ग्रहण गरेका थिए ।
कार्यक्रममा बारा वैश्य समाजका अध्यक्ष शिवजी सर्राफले वैश्य समाजको उत्थान, पहिचान, सम्मान, तथा अधिकारको संरक्षण गर्ने उद्देश्यले राष्ट्रिय वैश्य महासंघ नेपाल गठन गरिएको जानकारी दिए।
उनले समाजका सदस्यहरूको अधिकारको सुरक्षा, सामाजिक तथा आर्थिक समृद्धि, र संगठनात्मक सुदृढीकरणका लागि मार्गदर्शन गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने:
"वैश्य समाजको उज्ज्वल भविष्य निर्माणका लागि हामी सबै एकजुट भएर अघि बढ्नुपर्छ। संगठनले समाजका हकहितको रक्षा गर्दै विकासका मार्गमा योगदान दिनेछ।"
शपथ ग्रहण कार्यक्रमका सहभागी वक्ताहरूले वैश्य समाजलाई अझ मजबुत बनाउन संगठनात्मक एकता, आर्थिक समृद्धि, र सामुदायिक सहभागिता अपरिहार्य रहेको औंल्याए।
कार्यक्रमको समापन गर्दै नव निर्वाचित कार्यसमितिले वैश्य समुदायको हकहित, सामाजिक उत्थान, र आर्थिक विकासमा सक्रिय योगदान दिने प्रतिबद्धता जनाएका थिए।