Birgunj News24
७३औं अन्तर्राष्ट्रिय भन्सार दिवस वीरगंजमा सम्पन्न

वीरगंज, १३ माघ 
 "भन्सार प्रशासनको प्रतिबद्धता: दक्षता, सुरक्षा र समृद्धितर्फ" भन्ने नाराका साथ सप्ताब्यापी ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवस वीरगंज भन्सार कार्यालयले विविध कार्यक्रमसहित एकीकृत जाँच चौकी (ICP) मा सम्पन्न गरेको छ।

समापन समारोहमा प्रमुख अतिथि पर्सा तथा स्थानीय राजस्व चुहावट नियन्त्रण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्री गणेश अर्यालले भन्सार प्रशासनलाई आधुनिक, पारदर्शी र प्रविधिमैत्री बनाउने आवश्यकतामा जोड दिनुभयो।

कार्यक्रममा विशिष्ट अतिथि बाराका प्रमुख जिल्ला अधिकारी श्री बसन्त अधिकारी, समितिका वरिष्ठ सदस्य तथा भन्सार विभागका उच्च अधिकारीहरू, स्थानीय प्रशासनका प्रतिनिधिहरू, उद्योग वाणिज्य संघका पदाधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू, यातायात तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता निमित्त भन्सार प्रमुख श्री रामप्रसाद पाठकले गर्नुभएको थियो। समापन समारोहमा उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कार वितरण, खेलकुद तथा विविध सम्मान कार्यक्रमहरू सम्पन्न भएका थिए।

यस अवसरमा भन्सार प्रशासनले दक्षता, सुरक्षा तथा समृद्धितर्फ उन्मुख रहन आवश्यक सुधारका उपायहरू लागू गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १७:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update