
वीरगञ्ज, १३ माघ
वीरगञ्ज भन्सार कार्यालयले ७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम भन्सार कार्यालय आईसीपीको आयोजनामा नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज रेशमकोठी उपशाखाको सहकार्यमा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल उपस्थित थिए। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने, प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठक, राजेन्द्र ढुंगाना, हृदयनारायण साह, सुनिता पौडेललगायत अन्य अतिथिहरूको पनि उपस्थिति थियो।
रक्तदान कार्यक्रममा चार महिलासहित ४० जनाले अमूल्य रक्तदान गरेका छन्। नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताका अनुसार रक्तदानमा रोज तिवारी, रामप्रसाद पाठक, हृदयनारायण साह, लेखनाथ पौडेल, रोशनकुमार चौरसिया, धीरजकुमार पटेल, राजेशकुमार कुशवाहा, शिव कुशवाहा, पारस महतोलगायतको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमले मानवताको सेवा गर्ने भावनालाई प्रोत्साहन गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ।