Birgunj News24
वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमा भारतको ७६औँ गणतन्त्र दिवस भव्यताका साथ मनाइयो

वीरगञ्ज, १३ माघ 
भारतको ७६औँ गणतन्त्र दिवस वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमा विविध कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाइएको छ।

कार्यक्रमका मुख्य अतिथि भारतीय महावाणिज्यदूत देवी सहाय मीना रहेका थिए। उनले भारतको तिरंगा झण्डा फहराउँदै भारतका महामहिम राष्ट्रपति द्रौपदी मुर्मुद्वारा पठाइएको सन्देश वाचन गरे।

गणतन्त्र दिवसको अवसरमा रक्सौल र वीरगञ्जका विभिन्न विद्यालयका विद्यार्थीहरूले देशभक्तिपूर्ण गीत गाउने र नृत्य प्रदर्शन गर्ने कार्यक्रम प्रस्तुत गरे। महावाणिज्यदूत मीनाले प्रदर्शनमा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र र मोमेन्टो प्रदान गरे।

कार्यक्रमको सञ्चालन काउन्सिलर मनीष दासले गरेका थिए। कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेल, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र धामी, स्थानीय राजनीतिक दलका नेताहरू, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरू, र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १७:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update