Birgunj News24
नेपाल आयल निगम क्षेत्रीय कार्यालय बिरगंजको ढुवानी प्रक्रियामा भ्रष्टाचारको आरोप

बिरगंज, १४ माघ 
नेपाल आयल निगम क्षेत्रीय कार्यालय बीरगञ्ज कार्यालयमाथि ढुवानी प्रक्रियामा गम्भीर अनियमितता र भ्रष्टाचारको आरोप लागेको छ। ढुवानी नियमावली २०७३ को तेस्रो संशोधन अनुसार, एउटा पम्पको ढुवानी गाडीले अर्को पम्पको इन्धन ढुवानी गर्न निषेध गरिएको छ। तर, हाल निगमले यो नियमलाई तोडेर ढुवानीमा पक्षपात र रकमको चलखेल गरेको पाइएको ढुवानी व्यवसायी र संगठनका नेताहरूले निम्न आरोपहरू सार्वजनिक गरेका छन् ।
पक्षपातपूर्ण व्यवहारमा चितवन डिलर एसोसिएसनका गाडीलाई प्राथमिकता दिँदै महिनामा २२–२६ पटकसम्म ढुवानी गर्न अनुमति दिइएको छ भने रकमको चलखेलमा ढुवानीका लागि निश्चित गाडीहरूलाई मात्र सुविधा प्रदान गरिँदै र अन्य गाडीहरूलाई महिनाको ४–५ पटक मात्र ढुवानी गर्न दिइएको पाईएको छ।
डिलर एसोसिएसन र आयल निगमबीच मिलोमतोमा  निगम र चितवन डिलर एसोसिएसनबीच आर्थिक लेनदेनका कारण अन्य व्यवसायीहरूलाई पाखा लगाइएको आरोप छ ।
पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष सुधामा साह र नेपाल पेट्रोलियम चालक संगठनका अध्यक्ष श्याम गुरुङले निगम र डिलर एसोसिएसनमाथि स्पष्ट रूपमा भ्रष्टाचार र अनियमितताको आरोप लगाएका छन्। उनीहरूको भनाइमा यो प्रक्रिया निष्पक्ष ढुवानी व्यवस्थापनको मापदण्डको प्रतिकूल छ।
व्यवसायीहरूले सरकार र सम्बन्धित निकायलाई यस विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। यसले व्यवसायमा पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न सकिने उनीहरूको विश्वास छ।
नेपाल आयल निगम क्षेत्रीय कार्यालय बिरगंजमा देखिएको यो प्रकारको अनियमितता र पक्षपातले इन्धन ढुवानी प्रक्रियामा असन्तुष्टि र अविश्वास बढाएको छ। अब सरकार र सम्बन्धित निकायले यसप्रति कडा कदम चाल्न आवश्यक देखिन्छ।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update