Birgunj News24
पर्साका नयाँ प्रहरी प्रमुखको रूपमा एसपी गौतम मिश्रले कमाण्ड सम्हाले

बिरगंज, १५ माघ 
पर्सा जिल्लाको नयाँ प्रहरी प्रमुखको रूपमा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले कमाण्ड सम्हालेका छन्। सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय पर्सा पुगेका एसपी मिश्रलाई प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालसहितका प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए।

नयाँ जिम्मेवारी सम्हाल्दै एसपी मिश्रले इमान्दारिता, अनुशासन र कर्तव्यनिष्ठाका साथ काम गर्न प्रहरी जवानदेखि उच्च अधिकारीसम्मलाई निर्देशन दिए। उनले जिल्लामा शान्ति, सुरक्षा र कानुनी व्यवस्थालाई प्रभावकारी बनाउन प्रतिबद्ध रहेको बताएका छन्।

एसपी मिश्रले पर्सा जिल्लामा अपराध न्यूनीकरण, कानून कार्यान्वयन र नागरिक सुरक्षालाई प्राथमिकता दिने बताएका छन्। उनले अपराध नियन्त्रणका लागि सामुदायिक सहभागिता जरुरी रहेको उल्लेख गर्दै, स्थानीयबासी र प्रहरीबीचको सहकार्यलाई अझ बलियो बनाउने प्रतिवद्धता व्यक्त गरे।

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  ०८:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update