Birgunj News24
वीरगंज उद्योग वाणिज्य संघ र एसपी गौतम मिश्रबीच भेटघाट तथा छलफल

वीरगंज, १५ माघ 
वीरगंज उद्योग वाणिज्य संघले पर्साका नव अगान्तुक प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रसँग भेटघाट तथा छलफल गरेको छ।
कार्यक्रममा वीरगंजका नागरिकहरूले भोगिरहेका विभिन्न समस्याहरूबारे छलफल गरिएको थियो। संघका प्रतिनिधिहरूले औद्योगिक क्षेत्रको सुरक्षा, बढ्दो आपराधिक गतिविधि, ट्राफिक व्यवस्थापन, तथा अन्य सामाजिक मुद्दाहरूबारे एसपी मिश्रलाई जानकारी गराएका थिए।
प्रहरी उपरीक्षक मिश्रले वीरगंजमा शान्ति सुरक्षालाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै, स्थानीय व्यवसायी तथा नागरिकहरूसँग समन्वय गरेर समस्या समाधान गर्न प्रहरी प्रशासन तयार रहेको बताए।
उक्त छलफलमा संघका अध्यक्ष अनिल कुमार अग्रवाल, पदाधिकारी, उद्योगी-व्यवसायी तथा अन्य सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  ०६:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update