Birgunj News24
सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी विधेयक संसद्मा दर्ता

वीरगञ्ज, १५ माघ 
सरकारले सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ। सोमबार प्रतिनिधिसभामा पेश गरिएको विधेयक दर्ता प्रक्रियामा रहेको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ।

सरकारले तयार पारेको विधेयकमा सामाजिक सञ्जाल प्लेटफर्म कम्पनीहरूले दर्ताबिना सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ। साथै, सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने कम्पनी वा संस्थाले सरकारबाट अनुमति लिनुपर्ने प्रावधान राखिएको छ।

विधेयकमा कडा प्रावधानहरू समावेश गरिएको छ। जसअनुसार, सामाजिक सञ्जालमार्फत् कसैको मानमर्दन हुने, होच्याउने वा ट्रोल गर्ने कार्य गर्न नपाइने व्यवस्था गरिएको छ। साथै, भ्रामक सूचना दुष्प्रचार गर्ने वा सूचना तोडमोड गरी प्रसार वा सेयर गरेमा पाँच लाख रुपैयाँसम्म जरिबाना हुने व्यवस्था गरिएको छ।
विधेयकबारे छलफल भएपछि थप परिमार्जन हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  ०६:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update