Birgunj News24
बारामा स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुईजना पक्राउ

बारा, १५ माघ 
प्रहरीले बाराबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका-१ दोहरी टोलका ३२ वर्षीय अनिल पटवारी थारु र वीरगञ्ज महानगरपालिका-१५ लक्ष्मनवा बस्ने ३१ वर्षीय ओमप्रकाश यादव रहेका छन्।
इलाका प्रहरी कार्यालय सिमरा र अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएको प्रहरी टोलीले म.प्र.०३-००१ च ८०७३ नम्बरको पिकअप गाडी नियन्त्रणमा लिएको हो। जीतपुरसिमरा उपमहानगरपालिका-१६ पैनी टोलस्थित सडकमा रोकिएको गाडी जाँच गर्दा नगद १० लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका दुवैजनाले उक्त रकमको स्रोतबारे कुनै स्पष्ट जानकारी दिन नसकेपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बारामा पुर्याईएको छ। प्रहरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  ०६:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update