Birgunj News24
पर्साको पटेर्वा सुगौलीमा अवैध गाँजा खेती फडानी

वीरगञ्ज, १६ माघ 
पर्साको ग्रामीण क्षेत्रमा प्रतिबन्धित गाँजा खेती फस्टाउँदै गएपछि प्रहरीले फडानी गरी नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले कमान्ड सम्हालेसँगै गाँजा खेतीविरुद्ध कडा निगरानी गरिएको छ। सोही क्रममा पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर–२ थरकट्टी क्षेत्रमा ६ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको टोलीले करिब ३२ सय गाँजाका बोट नष्ट गरेको छ। प्रहरीका अनुसार गाँजा खेती गर्ने व्यक्तिको पहिचान गर्न नसकिएको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
प्रहरीले पर्साका अन्य ग्रामीण क्षेत्रमा पनि गाँजा खेतीविरुद्ध अभियानलाई तीव्र बनाउने बताएको छ। गाँजा खेतीलाई नियन्त्रण गर्न स्थानीय बासिन्दाको सहयोग आवश्यक रहेको भन्दै प्रहरीले गाँजा खेतीबारे जानकारी गराउन आग्रह समेत गरेको छ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १७:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update