
मिति: २०७९ माघ १७
वीरगंज महानगरपालिका–१६, इनर्वा
वीरगंजको १० गजा क्षेत्र तथा पर्सा-बाराको सिमाना हुँदै भारतको बिहारसँग जोडिएको बारा जिल्लाको विश्रामपुर गाउँपालिकाको बलिरामपुरका किसानहरूले आफ्नो खेतबारीबाट उत्पादित तरकारी नेपाल भित्र्याउन खोज्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक लगाएको घटना सार्वजनिक भएको छ।
स्थानीय किसानहरूका अनुसार, साना किसानहरूलाई सीमा क्षेत्रमा रोकावट गरिए पनि ठूला तस्करहरू भने निर्वाधरूपमा तरकारी ओसारपसार गर्न सक्ने अवस्था छ। यस घटनाले सुरक्षाकर्मीहरूबीच आर्थिक चलखेलको आशंका पैदा गराएको छ।
नव नियुक्त पर्सा प्रहरी नायब उपरीक्षक (एसपी) गौतम मिश्रले भने, "मैले यो विषयमा पूर्ण जानकारी लिइरहेको छु। नेपालमा उत्पादित तरकारी नेपालमै आउन पाउनु पर्छ, कसैले रोक्न सक्दैन।"
यही विषयलाई लिएर पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडीयो) गणेश अर्यालले १२ बजे सरोकारवालाहरूलाई उपस्थित भई समाधान खोज्न निर्देशन दिएका छन्। साथै, किसानहरूले आफ्नो वडाबाट सिफारिस गराई तरकारी ढुवानी गर्न पाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
यो निर्णयसँगै सीमामा रहेका नेपाली किसानहरूले सहज रूपमा आफ्नो उत्पादन नेपाल भित्र्याउन पाउने भएका छन्।