
वीरगंज, १७ माघ
बिरगंज सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा निम्न आय भएका विद्यार्थीहरूको शैक्षिक विकासका लागि डा. ओम फाउन्डेसन ले छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिल ले देशव्यापी छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।
फाउन्डेसनले यस वर्षका लागि २० लाख रुपैयाँ छात्रवृत्तिका रूपमा प्रदान गर्नेछ। विशेषगरी, डा. ओम मूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ को बिक्रीबाट प्राप्त आम्दानी छात्रवृत्तिका लागि खर्च गरिनेछ।
छात्रवृत्तिका लागि माघ १६ देखि फागुन ४ गतेसम्म आवेदन दिन सकिनेछ। कक्षा ६ देखि कक्षा ९ सम्मका निम्न आय भएका तथा जेहेन्दार विद्यार्थीहरू आवेदन दिन योग्य हुनेछन्।
आवेदनका लागि आवश्यक कागजातहरू: अघिल्लो कक्षा र चालू शैक्षिक सत्रका ग्रेडसिट परिचयपत्र शैक्षिक स्तर प्रमाणपत्र अभिभावकको आर्थिक अवस्थासम्बन्धी सिफारिस फाउन्डेसनले छात्रवृत्तिका लागि प्रारम्भिक चरणमा आफैँले रकम व्यवस्थापन गरिसकेको छ। आगामी दिनमा इच्छुक व्यक्ति वा संस्थाहरूले फाउन्डेसनमार्फत थप विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न चाहेमा सहजीकरण गरिने बताइएको छ।
डा. ओम फाउन्डेसनको यो पहलले शिक्षा क्षेत्रमा आर्थिक समस्याका कारण पछि परेका विद्यार्थीहरूलाई ठूलो अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। छात्रवृत्ति योजनाले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्राप्त गर्न मद्दत गर्ने विश्वास गरिएको छ।