Birgunj News24
नेपाल बुद्धिजीवी परिषद् पर्साको दोस्रो जिल्ला  अधिवेशन सम्पन्न, श्याम गुप्ता अध्यक्ष चयन

वीरगञ्ज, १९ माघ 
नेपाल बुद्धिजीवी परिषद् पर्साको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा श्याम गुप्तालाई जिल्ला अध्यक्षमा चयन गरेको छ।
कार्यक्रममा जिल्ला समितिको नेतृत्व चयन गर्दै सङ्गठनलाई अझ प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गरिएको छ। परिषद्ले स्थानीय बुद्धिजीवी वर्गलाई एकताबद्ध गर्दै सामाजिक, शैक्षिक तथा बौद्धिक विकासका गतिविधिहरूलाई अघि बढाउने लक्ष्य राखेको छ।
नयाँ नेतृत्व चयनसँगै परिषद्ले जिल्लामा आफ्नो क्रियाकलापलाई थप सशक्त रूपमा अघि बढाउने योजना बनाएको छ।

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १८:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update