Birgunj News24
वीरगञ्जका दुई होटेलमा अवैध यौन व्यापार, सञ्चालकसहित चारजना पक्राउ

वीरगञ्ज, १९ माघ 
वीरगञ्जका दुई होटेलमा जबरजस्ती यौन व्यवसाय गराउँदै आएको आरोपमा होटेल सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका-१६ स्थित भन्सार क्षेत्रमा रहेका होटेल स्वस्तिक र होटेल रितेश मा बिहीबार राति छापा मारी दुई महिलालाई उद्धार गरेको छ। प्रहरीले सोही क्रममा होटेल सञ्चालक दुई महिला तथा दुई पुरुष ग्राहकलाई नियन्त्रणमा लिएको हो।
पर्सा प्रहरीका प्रवक्ता नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालका अनुसार होटेल सञ्चालकहरूले महिलाहरूलाई राम्रो कामको आश्वासन दिएर होटेलमा राख्ने, अनि जबरजस्ती पुरुष ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको खुलेको छ।
प्रहरीले उद्धार गरिएका महिलाहरूलाई सुरक्षित स्थलमा राखेको छ भने पक्राउ परेका चार जनामाथि थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १९:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update