Birgunj News24
बीरगंज भन्सारमा सुरक्षाको नाममा दुर्व्यवहार ? स्थानीयहरू असन्तुष्ट

बीरगंज, १९ माघ 
बीरगंज भन्सार कार्यालयमा राजस्व चुहावट नियन्त्रणका लागि खटिएका सशस्त्र प्रहरी नायव निरीक्षक (डिएसपी) लोकेन्द्र सुब्बा विरुद्ध विभेदपूर्ण व्यवहार गरेको गुनासो व्यापक रूपमा उठ्न थालेको छ। सीमा क्षेत्रमा सुरक्षा जाँचका क्रममा स्थानीय बासिन्दाहरूलाई अनावश्यक दुःख दिने, व्यक्तिगत प्रयोगका सामान जफत गर्ने जस्ता आरोप उनीमाथि लगाइएको छ।
स्थानीयहरूका अनुसार विवाह, पूजा तथा पारिवारिक कार्यका लागि भारतबाट ल्याइने चिनी, दाल, तेल, साबुन लगायतका अत्यावश्यक सामग्री सुरक्षाकर्मीहरूले जफत गर्दै आएका छन्। "सुरक्षा जाँचको नाममा हाम्रो सामान खोसिन्छ, केही बोल्न खोजे अपमानजनक व्यवहार गरिन्छ," एक स्थानीयले आक्रोश पोख्दै भने।
स्थानीयहरूबीच असन्तोष बढ्दै जाँदा पनि प्रशासन मौन देखिएको छ, जसले गर्दा नागरिकहरू अन्यायको सामना गर्न बाध्य छन्। सुरक्षाको नाममा सर्वसाधारणलाई दुःख दिनु कत्तिको न्यायोचित हो भन्ने प्रश्न उठिरहेको छ। स्थानीय प्रशासनले यस विषयमा चाँडो छानबिन गरी उचित कदम चाल्नु पर्ने माग स्थानीयहरूबाट उठ्न थालेको छ।

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १९:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update