Birgunj News24
मर्दशा बरकतुल उलूम नयाँ कार्यसमितिलाई मेयर राजेशमान सिंहद्वारा बधाई तथा शुभकामना

बिरगंज, २० माघ 
बीरगंज महानगरपालिका अन्तरगत वडा नं. ३ स्थित मर्दशा बरकतुल उलूमको नयाँ कार्यसमितिमा चयन भएका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ।

महानगरपालिकाको कार्यकक्षमा आयोजित विशेष कार्यक्रमका बीच मेयर सिंहले नयाँ नेतृत्वलाई शुभकामना दिँदै शैक्षिक संस्थाहरूको विकासमा महानगरको निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्नुभयो। उहाँले मर्दशाको शिक्षालाई थप प्रभावकारी बनाउने दिशामा नयाँ कार्यसमितिले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

कार्यक्रममा मर्दशा बरकतुल उलूमका नव-निर्वाचित पदाधिकारी तथा सदस्यहरू उपस्थित थिए। उनीहरूले आगामी दिनमा संस्थाको शैक्षिक तथा भौतिक विकासलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा बीरगंज महानगरपालिकाका विभिन्न पदाधिकारी तथा स्थानीय समाजसेवीहरूको समेत उपस्थिति रहेको थियो।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १७:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update