
बिरगंज, २१ माघ
वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा कृषी थोक बजार तथा नेपाल तरकारी तथा फलफूल थोक व्यवसाय संघ, बिरगंजद्वारा आज साँझ बीपी उद्यानमा विशेष दीप प्रज्वलन तथा झाँकी कार्यक्रमको आयोजना गरिँदैछ।
संघका अध्यक्ष जग्गु साह तुरहा को नेतृत्वमा तथा उपाध्यक्ष अखिलेश प्रसाद साहको उपस्थितिमा आयोजना गरिने यस कार्यक्रममा धार्मिक झाँकीहरू प्रदर्शन गरिनेछ भने दीप प्रज्वलनमार्फत भक्तजनहरूले देवी सरस्वतीप्रति श्रद्धा अर्पण गर्नेछन्।
त्यसैगरी, आज विशेष प्रसाद वितरण कार्यक्रम आयोजना हुने भएको छ, जसमा श्रद्धालु भक्तजनहरूलाई प्रसाद वितरण गरिनेछ। कार्यक्रमलाई भव्य बनाउन स्थानीय व्यापारी, विद्यार्थी तथा भद्र भालाद्मी भक्तजनहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
संघले दीप प्रज्वलन कार्यक्रममा उपस्थित भई धार्मिक वातावरणको अनुभव लिन तथा आज को प्रसाद ग्रहण समारोहमा सहभागी हुन सम्पूर्ण श्रद्धालुहरूलाई अनुरोध गरेको छ। वसन्त ऋतुको आगमनसँगै ज्ञान, संस्कार र सकारात्मक ऊर्जा प्रवाह होस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो।