Birgunj News24
बारा प्रहरी प्रमुख तमाङ : "अपराध र तस्करी नियन्त्रण पहिलो प्राथमिकता"

बारा, २२ माघ 
जिल्ला प्रहरी कार्यालय बाराका नयाँ प्रमुख प्रहरी उपरीक्षक (एसपी सन्तोष तमाङ)ले अपराध र तस्करी नियन्त्रण आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्।
मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एसपी तमाङले प्रहरी निरीक्षकबाट सेवा सुरु गरेको २१ वर्षपछि बारामा प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्न आएको बताए।
उनले जिल्लामा ९५६ जना प्रहरी परिचालित रहेको जानकारी दिँदै सबै युनिटहरूलाई आवश्यक निर्देशन दिइसकेको उल्लेख गरे।
एसपी तमाङले अपराध र तस्करी नियन्त्रणमा कडाइ गर्ने प्रतिबद्धता जनाउँदै जिल्लामा शान्ति सुरक्षा कायम गर्न जनसहभागिता आवश्यक रहेको बताए।
"गलत गरे सजाय दिइनेछ, तर राम्रो काम गरे पुरस्कृत गरिनेछ।" – उनले भने।
उनको नेतृत्वमा बारा जिल्लामा शान्ति, सुरक्षा, सुशासन र अपराध नियन्त्रणमा प्रभावकारी योजना कार्यान्वयन गरिने जनाइएको छ।

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १७:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update