Birgunj News24
सामाजिक सञ्जाल नियमन विधेयकको विरोधमा नेपाली कन्टेन्ट क्रियटरहरू एकजुट

काठमाडौं, २३ माघ 
सामाजिक सञ्जाल नियमन गर्ने उद्देश्यले ल्याइएको सामाजिक सञ्जाल नियमन विधेयक २०८१ को विरोधमा नेपाली कन्टेन्ट क्रियटरहरू एकजुट भएका छन्। विधेयकले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने र सरकारको आलोचनालाई दबाउने प्रावधान समेटेको आरोप लगाउँदै उनीहरूले चर्को आपत्ति जनाएका छन्।

द नेपाली कमेन्ट, इन-डेफ्थ स्टोरी, प्रोजेक्ट कुरा, र्‍यान्डम नेपाली, ह्वाई सो अफेन्डेड, मिसगाइडेड नेपाल लगायतका युट्युब च्यानलहरूले संयुक्त रूपमा भिडिओ सार्वजनिक गर्दै विधेयकको आलोचना गरेका छन्। उनीहरूले विधेयकको हालको स्वरूपलाई लोकतान्त्रिक मूल्यमान्यताविपरीत रहेको भन्दै यसको परिमार्जनको माग गरेका छन्।

विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई नियन्त्रण गर्ने कठोर प्रावधान राखिएको भन्दै नागरिक समाज र विभिन्न स्वतन्त्र सञ्चार अभियन्ताहरूले पनि विरोध जनाइरहेका छन्। आलोचकहरूका अनुसार उक्त विधेयक लागू भएमा स्वतन्त्र पत्रकारिता, डिजिटल कन्टेन्ट क्रियसन र नागरिक अभिव्यक्तिमाथि नकारात्मक असर पर्नेछ।

यस विषयमा सरकारी निकायको धारणा भने सार्वजनिक आइसकेको छैन। तथापि, विधेयकको विरोध चर्किंदै गएपछि यसमा संसोधनको सम्भावना रहने अनुमान गरिएको छ।

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १६:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update